१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:३८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सवारीचालक नै लागुऔषध प्रयोगकर्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

सार्वजनिक यातायातका सातजना चालकले लागुऔषध सेवन गर्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले शुक्रबार र शनिबार गरेको परीक्षणमा सातजना चालकले ब्राउन सुगर, कोरेक्स, चरेस, गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको पाइएको हो । 

किटमार्फत चालकको पिसाब परीक्षण गर्दा लागुऔषध सेवन गर्ने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए । शनिबार बिहान १५ जना चालकको पिसाब परीक्षण गरिएका ६ जनाले लागुऔषध प्रयोग गरेको पाइएको उनले जानकारी दिए । शुक्रबार ३० जना चालकको पिसाब परीक्षण गरिएकोमा एकजनाले लागुऔषध प्रयोग गर्ने गरेको पाइएको छ ।

उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरी निरीक्षक जोहारीले जानकारी दिए । ट्राफिक प्रहरीले धनगढी उपमहानगरपालिका– १३, राजपुरस्थित मोहना–अत्तरिया ६ लेन सडकखण्डमा सार्वजनिक यातायात चलाइरहेका १५ जना चालकको पिसाब परीक्षण गरेको थियो ।

टिपरचालक दिवाकर भुजेल र रमेश भट्टराई, बसचालक महादेव जोशी, फोर्स गाडीका चालक यादव बोहरा, विङगर चालकद्वय बिदुस राना र अर्जुन रावलले लागुऔषध प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । शनिबार गरिएको परीक्षणमा टिपरचालक भीमराज अवस्थीले लागुऔषध सेवन गरेको पाइएको थियो । उनीहरूले परीक्षण गरेकै दिन लागुऔषध सेवन गरेको देखिएको प्रहरी निरीक्षक जोहारीले बताए । 

ट्राफिक प्रहरीका अनुसार किटले लागुऔषध सेवन गरेको एक सातासम्म पोजेटिभ देखाउँछ । सार्वजनिक यातायातका चालकले लागुऔषध सेवन गर्ने गरेको गुनासो बढेपछि परीक्षण थालिएको ट्राफिक प्रहरीले जनाएको छ । ‘सार्वजनिक यातायातका चालकले लागुऔषध प्रयोग गर्ने गरेको गुनासो बढेको छ, तर सोधपुध गर्दा चालकले आफैँ लागुऔषध प्रयोग गर्छु भन्ने कुरा भएन,’ उनले भने, ‘गुनासो बढेपछि किट मगाएर जाँच गर्न थालेका हौँ ।’ यसले दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । भारतसँग सीमा जोडिका कैलाली, कञ्चनपुरमा लागुऔषधको अवस्था भयावह रूपमा फैलिएको छ । 

लागुऔषधका कारोबारी र प्रयोगकर्ता दैनिकजसो पक्राउ पर्ने गरेका छन् । पछिल्लो समय प्रहरीले लागुऔषधविरुद्धको अभियानलाई तीव्रता दिएको छ । खुला सिमानाका कारण भारतबाट लुकिछिपी लागुऔषध ल्याउने गरिएको छ ।