१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पक्राउ परेका पाँच चिनियाँसँग नेपाली नागरिकता र पासपोर्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२३:oo

नेपालमा लामो समयदेखि बसेर सुन तस्करीमा संलग्न भएका चिनियाँ गिरोहसँग नेपाली नागरिकता र पासपोर्टसमेत भेटिएको छ। चारजनाले काभ्रेबाट तथा एकजनाले काठमाडौंबाट नागरिकता तथा पासपोर्ट बनाएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले बताए। ‘उनीहरूसँग चिनियाँ पासपोर्ट पनि छ, नेपाली पासपोर्ट पनि भेटिएको छ,’ प्रवक्ता कडायतले भने, ‘यस विषयमा छुट्टै अनुसन्धान भइरहेको छ।’ 

ली नेनकाईले सोनाम लामाको नाममा र डिङ सी फाले राम लामाको नाममा काभ्रेबाट नागरिकता लिएका छन् । तियान मी र वेन तोङसँग पनि काभ्रेबाट जारी भएको नागरिकता भेटिएको छ । त्यसैका आधारमा उनीहरूले पासपोर्टसमेत लिइसकेका थिए । ली वेनले भने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएको सिआइबीले जनाएको छ । 

गिरोहका नाइकेमध्येका एक दावा तामाङले पनि काभ्रेबाटै निमा तामाङको नाममा नागरिकता र पासपोर्ट बनाएको यसअघि नै पुष्टि भइसकेको छ । जसमा प्रहरीले एक वर्षअघि नै छानबिन गरे पनि त्यसमा कुनै कारबाही नगरेको पाइएको छ । नेपाली महिलासँग बिहे गरी ठमेलमा होटेल चलाउँदै आएका दावासँग बेल्जियमको समेत पासपोर्ट छ । पक्राउ परेकामध्ये थुप्तेन छिरिङ र याओ पुसिङसँग भारतीय आधारकार्ड भेटिएको छ ।