१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विषालु च्याउ खाँदा आमाछोरीको मृत्यु, एकको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४९:oo

दाङमा जंगली च्याउ खाँदा आमाछोरीको मृत्यु भएको छ। साउन २९ गते साँझ बंगलाचुली गाउँपालिका– ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाँदा सोही वडाको मैकुटीनिवासी आमाछोरीको मृत्यु भएको हो।

मृत्यु हुनेमा २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरी अस्मिता सुनार रहेका छन्। आमा ईश्वरीको शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र छोरी अस्मिताको बुधबार नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार च्याउ खाँदा ईश्वरीका श्रीमान् अजय गम्भीर छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।