१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
अर्थ डिजिटल संस्करण

प्राधिकरणले आंशिक सच्यायो निर्णय, दुर्गमका विमानस्थलमा अतिरिक्त समयमा पनि उडान–अवतरण गर्न पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

नागरिक उड्डयन प्राधिकरणले दुर्गमका विमानस्थलमा बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै जहाजको उडान भर्न पाउने निर्णय सच्याएको छ । 

यसअघि प्राधिकरणले बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै जहाजको उडान भर्न पाउने नयाँ तालिका लागू गरेको थियो । त्यस्तो तालिकाको कारण हिमाली तथा पहाडी जिल्लाका उडान प्रभावित भएका थिए । 

त्यस्ता जिल्लामा प्रायः बिहान मौसम नखुल्ने हुँदा उडान भर्न समस्या हुने गरेको थियो । जसका कारण हवाईमार्ग मात्र विकल्प रहेका क्षेत्रका नागरिकले गम्भीर स्वास्थ्य समस्या आउँदासमेत उपचारको अभाव भोग्नुपरेको थियो । 

उडानको नयाँ तालिका सार्वजनिक भएपछि एक महिनाको अवधिमा उपचार नपाएर हुम्लाका चार बालकले ज्यान गुमाएका छन् । नागरिकले सास्ती व्यहोर्नुपरेपछि प्राधिकरणको निर्णयको आलोचना भएको थियो । 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज एक विज्ञप्ति जारी गर्दै पहाडी क्षेत्रमा रहेका विमानस्थलमा हुने उडानसम्बन्धी नयाँ निर्णय सार्वजनिक गरेका हुन् । 

सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एसटिओएल) विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाईमार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भिएमसी मिनिमा कायम भएको सुनिश्चित गरी प्रमुखचालक र डिस्प्याचरको लिखित घोषणापश्चात् मात्र उडान अनुमति प्रदान गरिने प्राधिकरणले जनाएको छ । 

विज्ञप्तिमा पहाडी क्षेत्रमा रहेका सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एसटिओएल) विमानस्थलमा हुने उडान सञ्चालनलाई थप सुरक्षित तथा व्यवस्थित गरी सो क्षेत्रका जनताको हवाई यातायातमा पहुँच वृद्धि गरेर विश्वसनीय कायम गर्ने उद्देश्यले तत्काल लागू हुने गरी यस्तो निर्णय गरिएको जनाइएको छ ।  
यस्तो छ निर्णय