Skip This
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौथोपटक फौजदारी अभियोग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:o७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौथोपटक फौजदारी अभियोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँधली गरेको आरोप लागेको छ।

सोमबार पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध सो आरोप लगाइएको हो। ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जर्जियामा निर्वाचनका दौरान धाँधली गरेको आरोप लागेको एक स्थानीय सञ्चारमाध्यमले जनाएको छ। 

यस वर्ष पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध दायर भएको यो चौथो फौजदारी अभियोग हो। यसअघि पनि ट्रम्प र अन्य १८ जनाविरुद्ध दक्षिणपूर्वी अमेरिकामा आपराधिक आरोप लागेको थियो। 

ट्रम्पविरुद्ध राज्यको र्‍याकेटियरिङ ऐन उल्लंघन गर्ने, सरकारी अधिकारीलाई आफ्नो शपथमा उल्लंघन गर्न आग्रह गरेको, सरकारी अधिकारीको नक्कल गरेको, राज्यविरुद्ध षड्यन्त्र गरेकोलगायतका १३ वटा मुद्दा लगाइएको थियो। 

अहिलेको अभियोग भने फुल्टनका जिल्ला न्यायाधिवक्ता फानी विलिसद्वारा साढे दुई वर्षको अनुसन्धानपछि लगाइएको हो। फुल्टन काउन्टी ग्रान्ड जुरीद्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उहाँ र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ। 

ट्रम्पले भने आफूमाथि लागेका सबै आरोप खारेज गर्दै आएका छन्। फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए। 

अभियुक्तको सूचीमा ट्रम्पका पूर्ववकिल रुडी जिउलियानी, ह्वाइटहाउसका पूर्वचिफ अफ स्टाफ मार्क मेडोज, ह्वाइटहाउसका पूर्वसल्लाहकार जोन इस्टम्यान र न्याय विभागका पूर्वअधिकारी जेफ्री क्लार्कको नाम छ।

[सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री।]