१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लमजुङको राईनास नगरपालिकामा विद्यार्थी टिकाउन बाल बचत खाता कार्यक्रम सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४६:oo

लमजुङको राईनास नगरपालिकाले विद्यार्थीलाई सामुदायिक विद्यालयमा टिकाउन बाल बचत खाता कार्यक्रम सञ्चालन गरेको छ । सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी बाल बचत खाता कार्यक्रम ल्याएको हो ।

बाल बचतलाई प्रोत्साहन गरी विद्यार्थीको उच्च शिक्षाको अध्ययनसँग आबद्ध गर्ने नीति लिएको नगरपालिकाले १ साउनबाट सो व्यवस्था लागू गरेको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा भर्ना भई अध्ययन गरिरहेका कक्षा १ देखि ५ सम्मका बालबालिकाको बैंक खाता खोल्ने कार्यक्रम चलिरहेको राईनास नगरपालिकाका नगरप्रमुख खड्कबहादुर गुरुङले बताए ।

बाल बचत खाता सञ्चालन तथा बचतका लागि नगरपालिकाले कार्यविधि बनाएको छ । कार्यविधिअनुसार साउनदेखि नगरपालिकाले प्रत्येक बालबालिकाको खातामा मासिक ५० र अभिभावकले ५० रुपैयाँ जम्मा गर्नुपर्छ ।

बाल बचत खाता अवधारणाले बालबालिकाको कक्षा छाड्ने दर घट्ने, सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित हुने र बालबालिकामा बचत गर्ने बानीको समेत विकास हुने अपेक्षा लिइएको नगरपालिकाका उपप्रमुख पुष्पराज खनालले बताए । राईनास नगरपालिकाभित्र कक्षा १ देखि ५ सम्म सञ्चालित ३३ विद्यालय छन् । तिनमा करिब एक हजार चार सय विद्यार्थी अध्ययन गरिरहेका छन् । 
 

ad
ad