
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। गत २६ वैशाखदेखि ५ जेठसम्म चलेको परीक्षाको नतिजा आज अपराह्न सार्वजनिक भएको हो।
राष्ट्रिय परीक्षा बोर्डले नियमित र ग्रेडवृद्धि गरी चार लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५०.९१ प्रतिशत अर्थात् एक लाख ८२ हजार परीक्षार्थी मात्र ग्रेडेड (उत्तीर्ण) भएको जनाएको छ।
४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। गत वर्ष देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट उनीहरूले परीक्षा दिएका थिए।
बोर्डले ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ। उनीहरूले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ।