१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी सरुवाका लागि बन्यो नयाँ मापदण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३६:oo

नेपाल प्रहरीको इन्स्पेक्टरदेखि एसपीसम्मको सरुवाका लागि नयाँ मापदण्ड बनेको छ। प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावअनुसार गृह मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड–०८० स्वीकृत गरेको हो। 

नयाँ मापदण्ड स्वीकृत भएलगत्तै विभिन्न तहकाे सरुवा अघि बढेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए। 

नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ। यसअघि क र ख गरी दुईवटा श्रेणी मात्र भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको हो। 

मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि कमै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्काे कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन्।