१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २८ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २८ आइतबार १४:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनील शर्माबारे ओली– मन्त्रीको राजीनामाको कुरा उठाएपछि पक्राउ गरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २८ आइतबार १४:४४:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मन्त्रीकाे राजीनामाको विषय उठाएपछि कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गरिएको दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजको सञ्चालकसमेत रहेका शर्माले आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेर चिकित्सा शिक्षा अध्ययन गरेको भन्दै सिआइबीले गत बिहीबार उनलाई पक्राउ गरेको थियो।

‘सुनील शर्माको सर्टिफिकेटबारे म जाँचकी होइन। सर्टिफिकेट नजाँच भनेका छौँ र हामीले सरकारलाई ?’ उनले भने, ‘तर, पढेर पास गरेको कि चिट चोरेर, यसको छानबिन यतिवेला हुनुपर्‍याे, जतिवेला सुनील शर्माले मन्त्रीको राजीनामाको कुरा उठाए ? यो त कमसेकम २५ वर्षअगाडिको कुरा होला । २५ वर्षदेखि सरकार बने होलान् रिपोर्ट आउनुपर्ने । अनि यतिवेला एउटा कार्यकर्ताबाट उजुरी हाल्न लगाएर, आजको भोलि समात्ने ?’

अध्यक्ष ओलीले जननिर्वाचित सांसदलाई गिरफ्तार गर्दा सभामुखसँग इजाजत नलिएको भन्दै आपत्ति जनाए। शर्मामाथि छानबिन र कसुर प्रमाणित नै नभई कार्यकर्तालाई उजुरी हाल्न लगाएर पक्राउ गरिएको उनको आरोप छ।

‘कहाँ छानबिन भएर, दोषी प्रमाणित भए ? एउटा कार्यकर्ताबाट उजुर हाल्न लगायो अनि त्यो कार्यकर्ताको उजुरीको भरमा मान्छे गिरफ्तार गर्ने हो भने त कोही पनि बाँकी रहँदैन,’ ओलीले भने।