१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले कुलेखानी-सिस्नेरी सडकखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:o२:oo

शनिबारदेखि परेको अविरल वर्षाका कारण प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ भालुडाँडास्थित कुलेखानी–सिस्नेरी सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन्।

लगातार पानी परिरहेकाले तत्काल उक्त सडकखण्डको अवरोध हटाउन सक्ने अवस्था नरहेको प्रवक्ता कार्कीले बताए। उनले अहिलेसम्म हेटौँडालाई संघीय राजधानी जोड्ने अन्य मार्गहरूमा भने कुनै समस्या नआएको र सञ्चालन रहेको जानकारी दिए।

यता मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले कुलेखानी–सिस्नेरी सडकखण्ड भएर संघीय राजधानी जाने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन्।
 

ad
ad