१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सामुदायिक विद्यालयमा रोबोटिक्स, एआई, कोडिङसम्बन्धी अभिमुखीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:२२:oo

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई रोबोटिक्स, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङको विषयमा अभिमुखीकरण थालेको छ । शुत्रबार भानु माध्यमिक विद्यालयमा प्रविधिका चारवटा विधा (रोवोटिक्स, कृत्रिम बौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ)मा अभिमुखीकरण सम्पन्न गरेको हो । 

पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीबारे प्रयोगात्मक चिनारी गराएको छ । ‘विश्व नै विज्ञान र प्रविधिमा आधारित भइरहेको छ । यी विषयबारे विद्यालय उमेरमै सिकाउन सकिएन भने विद्यार्थी एक पुस्ता पछाडि पर्छन् । यसकारण पुस्तकमा भएको साध्य (थ्यौरी)लाई प्रविधिसँग जोडेर अध्ययन गर्न पाउने वातावरण तयार गरेका हौँ ।’

कार्यक्रमका सहायकविज्ञ शैलेन्द्र झाले भने । झाका अनुसार शुक्रबारको कक्षामा विद्यार्थीलाई विभिन्न पक्षबारे जानकारी, सम्भावना र प्रतिस्पर्धी समयमा यसको प्रयोगबारे जानकारी दिइएको छ । महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने सीपमा शिक्षा कार्यक्रमको अर्को सत्र सञ्चालनको तयारीमा छ ।