१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१o:oo
Read Time : < 1 मिनेट
समाचार

‘अवरोध होइन, संवादमार्फत संसद् सुचारु गरौँ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१o:oo

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तरको संसद् अवरुद्ध उचित नभएको भन्दै संवादमार्फत संसद् सुचारु गर्न प्रतिपक्षी दल तयार हुनुपर्ने बताएका छन्। गठबन्धन र ठूलो दलको हैसियतले कांग्रेसले नै अगुवाइ गरेर गतिरोध अन्तको पहल थाल्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षले उठाएकाे सुन प्रकरणको विषयलाई छलफलबाटै टुंगोमा पुर्‍याउनुको विकल्प नभएकाे बताए।

शनिबार राजधानीमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्ता बताए। उनले निरन्तरको संसद् अवरोध छाडेर छलफलमार्फत समाधान खोल्न एमालेलाई आग्रह गरे।

नक्कली सुन छानबिन प्रकरणमा सिआइबीको कामप्रति सबैले विश्वास गर्नुपर्ने भन्दै नेता सिंहले गृहमन्त्रीले संसदमा उभिएर निश्चित समय सीमाभित्र छानबिन टुंगोमा पुर्‍याउनलाई जिम्मेवारी दिएको भनिसकेकाले यसपछि आउने नतिजामा चित्त नबुझे  थप छलफलका लागि विपक्षी दल तयार हुनु उचित रहने बताए।

उनले नेपाली कांग्रेस पनि निष्पक्ष छानबिनको पक्षमा रहेको भन्दै संसदलाई सुचारु गरेर जानुको विकल्प नभएको बताए।