१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवालाई साथ लिएर मुलुकको विकास गर्ने बाटोमा छौँ : मन्त्री लिम्बू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:३६:oo

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार युवाहरूका समस्या सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फोर एच नेपालले काठमाडौंमा गरेको युवा पदयात्रा कार्यक्रममा बोल्दै उनले सरकारले युवालाई साथमा लिएर मुलुकको विकास चाहेको बताए । 

युवाहरूका समस्या सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै मन्त्री लिम्बूले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने पनि बताए । 

‘युवाहरूको साथमा रहेर सँगसँगै अगाडि बढ्न चाहन्छौँ । सबै युवालाई लिएर अगाडि बढ्न, युवाको कुरा सुन्न तयार छौँ,’ उनले भने, ‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढिरहेका छौँ । युवालाई अगाडि बढाउने कार्यक्रमहरू पनि सुरु भइसकेका छन् ।’ 

युवा पदयात्राको समापन कार्यक्रममा सातवटा राजनीतिक दलका सांसदले दिगो विकास लक्ष्य प्राप्तिका लागि ब्यानरमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा ऐक्यबद्धता जनाउँदै उनीहरूले देशमा युवाका लागि अवसर सिर्जना नगराइँदा पलायन हुन बाध्य भएको बताए । 

एमाले सांसद सूर्यप्रसाद ढकाल, माओवादी सांसद उर्मिला माझी, रास्वपा सांसद निशा डाँगी, जसपा सांसद रेखा यादव, एकीकृत समाजवादी सांसद भानुभक्त जोशीलगायतले युवाका विषय संसदमा उठाउने प्रतिबद्धता जनाए । 

ब्यानरमा युवा तथा खेलकुदमन्त्री लिम्बू, र नागरिक समाजका अगुवा तथा युवा अभियन्ताहरूले पनि हस्ताक्षर गरेका थिए । 

कार्यक्रम समापन गर्दै फोर एच एसिया तथा नेपालका अध्यक्ष लोकराज अवस्थीले दिगो विकास लक्ष्य पूरा गर्न युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

ad
ad