१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १९:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मदन-आश्रित शिक्षालयमा वृक्षरोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:२४:oo

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मदन–आश्रित स्मृति बहुप्राविधिक शिक्षालय गोठाटारले शुक्रबार परिसरभित्र वृक्षरोपण गरेको छ । 

एमाले केन्द्रीय सदस्य तथा पूर्वप्रदेशमन्त्री रामेश्वर फुँयालले वृक्षरोपण कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री फुँयालले एमालेले शारीरिक श्रम गर्ने र मानसिक श्रम गर्नेको बराबरी सम्मान हुने नेपाल निर्माण गर्न चाहेको बताए । 

कार्यक्रममा मदन–आश्रित स्मृति प्रतिष्ठानका सचिव एवं शिक्षालयका प्रबन्धनिर्देशक मधुप्रसाद तिमल्सिनाले वृक्षरोपणको वातावरणीय महत्व र मानव जीवनमा यसले पार्ने प्रभावबारे चर्चा गरेका थिए । वृक्षरोपण कार्यक्रममा शिक्षालयका प्रशिक्षक, कर्मचारी तथा विद्यार्थी पनि सरिक भएका थिए ।

ad
ad