१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटक बसबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद, नौजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o९:oo

काठमाडाैं र भक्तपुरबाट प्रहरीले ५२ लाख ७५ हजार नक्कली नोटसहित नौजना पक्राउ परेका छन्। 

काठमाडौं प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। हिजाे (बिहीबार) लु.१प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोस्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएकोे अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। 

त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको थियो। भक्तपुरमा बरामद १७ लाख दुई हजार सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेरामा फेला परेको प्रहरीले जनाएको छ। 

एसएसपी कार्कीले भने, ‘उनीहरूबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ। उनीहरूलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ।’

सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छिन्। उनीहरूलाई मुद्रा कसुरअन्तर्गत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ।