मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण २५ बिहीबार
  • Friday, 28 August, 2026
२o८o श्रावण २५ बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजीको आरोपमा सुजाता साह पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २५ बिहीबार ११:४५:oo

सिराहामा चर्को मिटरब्याजीको आरोपमा एक महिला पक्राउ परेकी छिन्। मिर्चैया नगरपालिका- ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको सिराहा प्रहरीले जनाएको छ।

ममतादेवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेनसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूले बताएका छन्। 

पक्राउ गरिएको साहलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने एसपी लिम्बूले बताएका छन्। 

मिटरब्याजपीडितहरूले काठमाडौंमा आन्दोलन गर्ने क्रममा १२ वर्षीया गरिमा रायले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूलाई मिटरब्याजी साहको कारणले घरनिकाला हुनुपरेको र पठनपाठन गर्न नपाएको गुनासो गरेकी थिइन्।

दुई लाख ऋणको ३० लाखभन्दा बढी आफूसँग लिएको र घरजग्गा पनि कब्जा गरेको ममतादेवीले बताएकी छिन्।

पक्राउ परेकी साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी १० वटाभन्दा बढी उजुरी दर्ता भएका छन्। मिर्चैया क्षेत्रमा उनले लामो समयदेखि चर्को मिटरब्याजको धन्दा चलाउँदै आएको प्रहरी अनुसन्धानबाट पनि खुलेको छ।