१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालविरुद्ध खेल्ने पाकिस्तानी टोलीको घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o१:oo

 पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले एसिया कपमा नेपालविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ । पिसिबीले बुधबार बाबर आजमको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कपअघि हुने अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला खेल्न साउद साकिलसहित १८ खेलाडीलाई टोलीमा बोलाएको छ । पाकिस्तानले एसिया कपमा पहिलो खेल नेपालविरुद्ध नै खेल्नेछ । समूह ‘ए’मा रहेको पाकिस्तानले ३० अगस्टमा नेपालसँग भिड्नेछ । यो खेल पाकिस्तानको मुल्तानमा हुने तालिका छ । त्यसपछि पाकिस्तानले २ सेप्टेम्बरमा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ । 

उपकप्तान सदाव खान, अब्दुल्लाह सफिकी, फकर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिखर अहमेद, तयाब ताहिर, मोहम्मद रिजवान, मोहम्मद ह्यारिस, मोहम्मद नवाज, उस्माना मिर, फहिम अस्रफ, ह्यारिस रौफ, मोहम्मद वसिम जुनियर, नसिम साह र साहिन साह अफ्रिदी छन् । साउद साकिल भने अफगानिस्तानविरुद्धको शृंखलाका लागि छनोट भएका हुन् । 

पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । २२ देखि २६ अगस्टसम्म यो खेल हुनेछ । उपकप्तान सान मसुद टोलीबाहिर रहँदा फहिम असरफ दुई वर्षपछि फर्किएका छन् । ‘सबै खेलाडी राष्ट्रिय टोलीमा पर्न सक्षम छन्, राम्रो प्रदर्शन निस्कने विश्वास छ,’ छनोट कमिटीका प्रमुख इन्जमाम उल हकले भनेका छन् । 

विश्वकपका खेल तालिका परिवर्तन
भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको नौ खेलको तालिका परिवर्तन भएको छ । आयोजक आइसिसीले बुधबार खेल मिति र समय परिवर्तन गरेको जनाएको छ । प्रतियोगिता सुरु हुन दुई महिना बाँकी रहँदा भारत र पाकिस्तानसँगै अन्य आठ खेलको तालिका परिवर्तन भएको हो । पाकिस्तान, बंगलादेश र इंग्ल्यान्डका खेल धेरै परिवर्तन गरिएको छ । 

१० अक्टोबरमा हुने इंग्ल्यान्ड र बंगलादेशको मिति तय भएको छैन । पाकिस्तान र श्रीलंकाबीचको १२ अक्टोबरमा हुने खेल १० अक्टोबरमा हुने भनिएको छ । यसैबीच, अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल एक दिनअगाडि १२ अक्टोबरमा हुनेछ । इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेल १४ बाट १५ अक्टोबरमा पुगेको छ । ११ नोभेम्बरमा रहेको अस्ट्रेलिया र बंगलादेश तथा इंग्ल्यान्ड र पाकिस्तानबीचको खेल ११ नोभेम्बरमा छ भने भारत र नेदरल्यान्डबीचको खेल ११ नोभेम्बरबाट १२ नोभेम्बरमा पुगेको छ । 

ad
ad