१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:२o:oo

कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू स्किन केयर इसेन्सियल प्रालिले  नेपालमा बिक्री वितरण सुरु गरेको छ।

छाला र कपालका साथै मसाजलगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली, फ्रंग्किन्सेंस, टी ट्री, लाभेनडर, आर्गन एसेन्सियल्स तेलको बिक्री सुरु गरेको हो।

विभिन्न देशबाट आयात गरिएको उच्च गुणस्तरको ती तेलहरू ३० मिलिलिटरको एम्बर बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। छाला तथा कपालको हेरचाहमा यस्ता तेलहरू प्रभावकारी देखिएका छन्। यस्ता तेलहरू प्राकृतिक र अर्गानिक भएकाले छाला तथा कपालको हेरचाहमा यसको प्रयोग बढ्दो क्रममा रहेको छ। 

कस्मेटिक्सको जथाभावी प्रयोग र न्यून गुणस्तरको कस्मेटिक्सको प्रयोगले हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नयाँ पिँढीहरूले कस्मेटिक्सको सीमित प्रयोग गर्न एसेन्सियल्स तेल सुरक्षित मानिन्छ।

एसेन्सियल्स तेलहरू छाला तथा कपालको हेरचाहसँगै मसाज गर्नसमेत उपयुक्त मानिन्छ। सामान्य खत सफा गर्न, चायाँ पोतो सफा गर्न, डन्डिफोरको उपचारमा समेत  एसेन्सियल्स तेलहरू प्रयोग हुँदै आएको छ । 

सुगन्धित बिरुवाहरूबाट निकालिएको इसेन्सियल तेलहरू प्राकृतिक रूपमा एन्टी डिप्रेसन, दुखाइ कम गर्ने, मुड र प्रतिरक्षा बुस्टरसमेत हुन्। अत्यावश्यक तेलहरूले राम्रो सुगन्ध दिनुका साथै तनाव कम गर्ने, फंगल संक्रमणको उपचार गर्नुका साथै निन्द्रा ल्याउनसमेत सघाउने कम्पनीले जानकारी दिएको छ।