१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्रीलाई रविको प्रश्न- राजस्वले गरिरहेको अनुसन्धान कुन कानुनअनुसार सिआइबीलाई दिइयाे?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ। बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि रास्वपाले संसद् भवनअगाडि पार्टीका सांसदहरू भेला भई संसदको अभ्यास प्रस्तुत गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार संसदमा दिएको जवाफ चित्तबुझ्दो नरहेको प्रतिक्रिया दिए। राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धान सिआइबीलाई दिन कुन कानुनले दियो, भन्दै उनले प्रश्न गरेका छन्।

‘सिआइबीलाई नदिने भनेको होइन। मैले सिआइबीलाई दिने कुराको विरोध गरेको पनि होइन। कुनै पनि प्रक्रियामा जाँदा कुनै न कुनै कानुनलाई टेकेर गर्नुपर्छ। हामी कानुनी राज्यमा छाैँ। आमनेपाली जनतालाई स्पष्ट पारिदिनुहोला कि कुन कानुनमा टेकेर (गृहमन्त्रीले) यो राजस्व अनुसन्धानबाट सिआइबीमा लैजानुभयो,’ उनले भने। 

सुन तस्करी प्रकरणमा ठूला व्यक्ति र निकायहरूको संलग्नता रहेको सभापति लामिछानेको दाबी छ। विमानस्थलबाट पास हुनुले सुरक्षा निकाय र भन्सार विभागको मिलेमतो छैन भनेर सन्तुष्ट हुन नसकिने उनको तर्क छ। लामिछानेले भन्सार विभागका केही कर्मचारी मात्रै हटाएर अनुसन्धान गर्दा अनुसन्धान न्यायपूर्ण हुन नसक्ने बताए।