Skip This
तीनमहिने अभियान पार्टीको अन्तिम परीक्षा : प्रवक्ता सापकोटा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २४ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २४ बुधबार १६:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनमहिने अभियान पार्टीको अन्तिम परीक्षा : प्रवक्ता सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २४ बुधबार १६:२४:oo

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले १६ भदौदेखि सुरु हुने तीनमहिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका छन्। 

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘प्रवक्ता–पत्रकारबीच भेटघाट’ कार्यक्रममा बोल्दै प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने तीनमहिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताएका हुन्। 

उनले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान’ सुरु हुने र सो दिन देशभरका ६ हजार सात सय ४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताए। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटा प्रदेशका सातवटा वडा जिम्मा लिने र अन्य सबै नेताहरूले समेत वडा जिम्मा लिने भन्दै उनले सबै नेताहरूका लागि यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको बताए। 

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिबद्ध रहेको बताए। अनुसन्धान प्रक्रियामा कुनै प्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडि बढ्ने स्पष्ट पारे। तथ्य र प्रमाणले दोषी देखिएकाहरूलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उनले उल्लेख गरे। 

प्रवक्ता सापकोटाले जनता महँगीको मारमा परेको भए पनि महँगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताए। 

उनले भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने र रोजगारी सिर्जना गरी जनताको जीवनस्तर उठाउने कुरामा ध्यान पुर्‍याएर समाजवाद स्थापनाको आधार तयार पार्नुपर्ने उनको भनाइ थियो।