१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा भेटिए हजारका १८२ थान नक्कली नोट र २०० थान तयारी कागज, संलग्न तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३५:oo

काठमाडौंको तारकेश्वर नगरपालिका– ५ गोलढुंगा नगिनीखोलाबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको छ। 

सोही ठाउँका हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ जिल्ला दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ घर भएका लक्ष्मी पाण्डे, लमजुङको दोर्दी गाउँपालिका– २ घर भएका सुवास गुरुङ र रामेछापको गोकुलगंगा गाउँपालिका– १ घर भएका मदन दमाई‌ंलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूको डेराबाट एक हजार दरका एक सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने दुई सय थान कागज बरामद भएको छ।

यसैगरी, चारवटा मोबाइल, १० वटा सिमकार्ड, २२० सिसीको बा. ६५प ९०२७ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ। 

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याई राखेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको बालाजु वृत्तमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।