१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : एफपी ।
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कोलम्बिया अन्तिम आठमा, जमैका १-० ले निराश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

जमैकालाई १–० ले निराश बनाउँदै कोलम्बिया फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम आठमा प्रवेश गरेको छ। 

अस्ट्रेलियाको मेलबर्नमा आज भएको प्रि–क्वार्टरफाइनल खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। तर, ५१औँ मिनेटमा कोलम्बियाले निर्णायक गोल गर्दै विश्वकप उपाधिको यात्रा कायम राख्यो। 

खेल अवधिभर दुवैले गोलका लागि थुप्रै अवसर सिर्जना गरे पनि स्ट्राइकरहरू फिनिसिङमा चुके। यस्तोमा ५१औँ मिनेटमा क्याटलिना उस्मीको गोल नै निर्णायक बन्यो। 

सेमिफाइनल प्रवेशका लागि अब कोलम्बियाले इंग्ल्यान्डको सामना गर्नेछ। इंग्ल्यान्डले हिजो भएको खेलमा नाइजेरियालाई ट्राइब्रेकरमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।