१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीयको विरोधबीच सुरक्षाकर्मी परिचालन गरी पोखराको फोहाेर लामेआहालमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

फोहाेर फाल्नका लागि पोखरा महानगरपालिकाले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै विगत दुई सातादेखि रोकिएको फोहाेरमैला मंगलबारदेखि सुचारु भएको छ। 

स्थानीयको विरोधबीच आजदेखि महानगरको फोहोर लामेआहालस्थित अस्थायी ल्यान्डफिलसाइटमा लैजान सुरु गरिएको हो। योसँगै नगर क्षेत्रका विभिन्न स्थानका सडकमा थुपारिएका फोहाेरहरूसमेत उठाउन सुरु भएको छ।

पोखराको फोहाेरमैला यसअघि पोखरा– १४ स्थित बाच्छीबडुवामा फाल्ने गरिएकाको गत पुसमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण लामेआहालस्थित सेती नदीले कटान गरेकोे श्यामघाट क्षेत्रको नदीकिनारको ४० रोपनी क्षेत्रमा वरिपरिका भूभाग उकास्ने गरी अस्थायी ल्यान्डफिलसाइट बनाइएको थियो।

लामेआहालमा अस्थायी ल्यान्डफिलसाइट बनाउन १५ पुस ०७९ मा स्थानीयहरूसँग महानगरका तर्फबाट मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेवी गुरुङले १६ बुँदे सहमति गरेका थिए।

सहमति अनुसार महानगरपालिकाले काम नगरेको भन्दै स्थानीयले ९ साउनदेखि फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका थिए। मंगलबार सरक्षाकर्मीसहित फोहाेरका गाडी लामेआहाल पुग्दा सुरुमा स्थानीयले अवरोध गरेका थिए। केहीबेर सामान्य झडपसमेत भएको स्थानीय रविन केसीले जानकारी दिए। 

स्थानीयले फोहोर दिनदिनै माटोले पुर्नुपर्नेमा नपुरेका कारण फोहोरको दुर्गन्ध फैलिएकाले आसपासमा बस्न नसकिएको, श्वासप्रश्वासको समस्यासँगै हैजा फैलिएकाले भन्दै विरोध जनाएका छन्। 

सहमति कार्यान्वयन नगरेपछि फोहाेर फाल्न रोकिपाउँ भन्दै अन्तरिम आदेशको माग गदै स्थानीय रविन केसी, तीर्थेन्द्रबहादुर केसी र ब्रजेश गुरुङले महानगरपालिकाविरुद्ध उच्च अदालत पोखरामा ११ साउन रिट दायर गरेका थिए। 

गत आइतबार दुवै पक्षको छलफलपछि न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेको थियो।

सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक बसेर मंगलबारदेखि फोहाेर व्यवस्थापन गर्ने निर्णय गरेको थियो। 

उता महानगरका मेयर धनराज आचार्यले भने सम्झौताअनुसार नै काम भएको र फोहाेर पुर्ने क्रममा केही त्रुटि भएको स्विकारे। महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले स्थानीयसँग महानगरपालिकाले गरेको १६ वटै सहमति अक्षरशः पालना हुने गरी काम गरिरहेको दाबी गरे। 

उता रिटसमेत हालेका रविन केसीले महानगरले स्थानीयसँग सहमति नगरी कति दिन सुरक्षाकर्मी राखेर फोहाेर ल्याउला आफूहरूले हेर्ने चेतावनी दिए।