१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४२:oo

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ५ः२० बजे खसेको पहिरो पन्छाएपछि दिउँसो २ः२० बजेबाट सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको हो। 

इच्छाकामना गाउँपालिका– ६ स्थित कालीखोलामा पहिरो खसेसँगै सडकमा सवारी आवतजावत अवरुद्ध भएको थियो। बिहान ११ बजेबाट एकतर्फी सञ्चालनमा आएको सडक दिउँसोबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो।  

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ। 
 

ad
ad