मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० श्रावण २२ सोमबार १९:२०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टाइब्रेकरमा नाइजेरियालाई हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा

Read Time : < 1 मिनेट
२०८० श्रावण २२ सोमबार १९:२०:००

टाइब्रेकरमा नाइजेरियालाई ४–२ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड फिफा महिला विश्वकप–२०२३ को अन्तिम आठमा प्रवेश गरेको छ। 

निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटको खेलमा पनि दुवैतर्फबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। जहाँ नाइजेरियाकी डिसाएर ओपारानोजी र मिचेली एलोजी बललाई जाली चुमाउन चुक्दा नाइजेरिया अन्तिम १६ बाटै घर फर्कन बाध्य भयो। 

टाइब्रेकरमा इंग्ल्यान्डका लागि जर्जिया स्टानवेले पनि गोल गर्न असफल भइन्। तर, रचेल डाली, बेथानी, एलेक्स ग्रिनबुड र चोलोई केलीले गोल गरेपछि इंग्ल्यान्ड खेल ४–२ ले जित्न सफल भयो। नाइजेरियाका लागि क्रिस्टी युचेइवी र रसहिडाट एजिबाडेले मात्र गोल गरे। 

८७औँ मिनेटमा लौरेन जेम्स सीधै रेड कार्ड खाँदै मैदान छाड्न बाध्य हुँदा इंग्ल्यान्ड १० खेलाडीमा सीमित भएको थियो। तर, नाइजेरियाले त्यसको फाइदा उठाउन सकेन।

अब इंग्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र जमैकाबीच भोलि हुने खेलको विजेतासँग भिड्नेछ। (समाचार तथा तस्बिर एजेन्सीकाे सहयाेगमा)