१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ल्हारक्याल लामा नियुक्तिको स्वामित्व कांग्रेसले बोक्दैन : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१९:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व कांग्रेसले नबोक्ने बताएका छन्।

सोमबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोषको उपाध्यक्षमा ल्हारक्याललाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको प्रतिक्रिया दिए। विवादास्पद छविका लामाको नियुक्तिप्रति कांग्रेसको प्रस्ट विमति रहेको भन्दै शर्माले सो निर्णयको स्वामित्व कांग्रेसले नलिने बताए।

‘संसारभरिका मानिसहरू नेपालतिर फर्केर श्रद्धा गर्छन्। त्यो माटोमा शिर एकपटक झुकाउन पाउँदैगर्दा जीवन नै धन्य भयो भन्ने खालको महसुस गर्छन्। यस्तो थलोमा नेतृत्व चयन गर्दै गर्दाखेरी सरकारले गम्भीरतापूर्वक कस्तो पृष्ठभूमिको? के योग्यता? कस्तो छविको भनेर ध्यान नपुर्‍याउनु वर्तमान सरकारको गम्भीर गल्ती हो। म यो विषयमा प्रस्ट विमती राख्न चाहन्छु। मैले रक्षामन्त्री र कानुनमन्त्रीसँग सम्पर्क गरेर ध्यानाकर्षण गराएको छु। यो निर्णय सरकारको निर्णय हो। यो निर्णयको स्वामित्व नेपाली कांग्रेस बोक्दैन,’ उनले भने।

महामन्त्री शर्माले संसद् अवरुद्ध गरेर बाहिरबाट समाधान खोज्नु संसदीय प्रक्रिया नभएको भन्दै अवरुद्ध संसद् खोलेर बहस गरी निष्कर्षमा पुग्नुपर्ने बताए। हरेक विषयलाई लिएर संसद् अवरोध गरिहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको धारणा छ।