Skip This
न्यायाधीशका पिएसओको पेस्तोल चोर्ने दुई पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o श्रावण २१ आइतबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण २१ आइतबार १९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न्यायाधीशका पिएसओको पेस्तोल चोर्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण २१ आइतबार १९:३३:oo

सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सइ) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। 

सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका बासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। 

कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित सइ खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो। सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

सो घटनामा सइ खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ।