१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले जनताको पक्षमा काम गर्न सकेन : नैनसिंह महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन्।

कांग्रेसले पार्टीलाई सुदृढ बनाउनका लागि चलाएको आन्तरिक विशेष अभियानअन्तर्गत धनुषामा खटिएका उनले सरकार जनताको जनजीविकाको सवालमा गम्भीर नरहेको आरोप लगाएका हुन्। जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले गठबन्धनको साझा अवधारणाअनुरूप जनताको पक्षमा सरकारले काम नगरेको भन्दै आपत्ति जनाए।

सुन तस्करी प्रकरणमा सरकारले भेदभावपूर्ण छानबिन गरिरहेको उनको दाबी थियो। ‘देशमा डेंगुको प्रकोप छ, किसानले मल पाएका छैनन्, खडेरीले किसान थप मारमा परेका छन्,’ उनले भने ‘सरकार यी समस्याहरू समाधान गर्न पहल त गरिरहेका छैनन्, त्यसमाथि सुन तस्करी प्रकरणमा समेत सरकार चुकिरहेको छ।’

सरकारलाई जनताको जनजीविकाको सवालमा काम गराउनका लागि चौतर्फी दवाब दिनु आवश्यक रहेको महरले बताए।

फरक प्रसंगमा महरले गठबन्धन सरकारको ५ वर्षसम्म विकल्प नखोजिने स्पष्ट गर्दै आउने निर्वाचनमा कांग्रेस एक्लैले निर्वाचन लड्ने गरी तयारी गरिरहेको बताए।