१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस खार्तुम
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

‘सुडानमा एक करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता’

Read Time : < 1 मिनेट
रासस, खार्तुम
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

सुडानमा एक करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले उल्लेख गरेको छ। जारी द्वन्द्वले भोकमरीको संकटलाई  थप गहिरो बनाएको युनिसेफले जनाएको छ।

सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्। यो संख्या पछिल्लो संकटअघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरिक्त संख्या हो।

पाँच वर्षमुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन्। एक वर्षमुनिका १७ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट वञ्चित छन्। अप्रिलको मध्यमा सुडानमा द्वन्द्व  सुरु भएदेखि युनिसेफका अनुसार कम्तीमा ४३५ बालबालिका मारिएका छन् र दुई हजार २५ भन्दा बढी घाइते भएका सिएनएनले रिपोर्ट गरेको छ।

सुडानमा २ करोडभन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन्, जुन संख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। अप्रिल १५ मा सेना र र्‍यापिड सपोर्ट फोर्सबीच युद्ध सुरु भएको थियो। यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका आठ लाख ४४ हजारसहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन्।