१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मेयर हर्कराज राई भन्छन्– कसले दियो पानी परीक्षण गर्ने अनुमति ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४४:oo

धरान उपमहानगरपालिकाभित्र खानेपानीमा दिसापिसाबमा पाइने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । १६ साउनमा खानेपानी मन्त्रालयअन्तर्गतको इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबले धरानको पानीमा कोलिफर्म जीवाणु रहेको रिपोर्ट निकालेको थियो ।

यता, धरान उपमहानगर प्रमुख हर्कराज राईले भने आफूहरूले गराएको परीक्षण मात्रै आधिकारिक रहेको बताएका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा बिहीबार साँझ स्टाटस लेख्दै उनले पानीको परीक्षण गर्ने अनुमति कसले दियो भन्दै प्रश्नसमेत गरेका छन् ।

सामाजिक सञ्जालकै अर्को एक भिडियोमा उनले लार्भा खोजेर नष्ट नगर्ने, तर खानेपानीलाई दोष दिने भन्दै खानेपानी र डेंगुको नाममा राजनीति नगर्न आग्रह गरेका छन् ।

अन्य नमुना थप परीक्षण गर्ने, पानीमा अध्ययन गर्ने र समाधान खोज्नेभन्दा पनि हाल देखापरेका बिरामी लामखुट्टेको टोकाइले भएकाले त्यतातिर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

केही हप्ताअघिबाटै लक्षण देखिएका सबैलाई डेंगु पजिटिभ नभएर केहीलाई मात्र लागेकाले खानेपानीमा पनि केही समस्या हुन सक्ने भएकाले पानीमा पनि अध्ययन गर्न चिकित्सकहरूले सुझाएका थिए ।

ad
ad