१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
एजेन्सी कराँची
२o८१ बैशाख १७ सोमबार o६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

इन्स्टाग्रामबाट सोएबले श्रीमती सानियाको नाम हटाए

गत वर्षको नोभेम्बरदेखि सोएब मलिक र सानिया मिर्जाबीच सम्बन्ध चिसिएको थियो, एक वर्षयता दुवै अलग–अलग घरमा बस्दै आइरहेका छन्

Read Time : < 1 मिनेट
एजेन्सी, कराँची
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:२१:oo

१२ वर्षअघि पाकिस्तानका अलराउन्डर सोएब मलिक र भारतीय टेनिस खेलाडी सानिया मिर्जाले धुमधामसँग विवाह गरेका थिए । यसबीच, उनीहरूको वैवाहिक सम्बन्धमा केही समस्या आएको थियो । तर, अचानक अहिले सोएब र मिर्जा ‘तलाक’ लिने तयारीमा छन् । दुई वर्षयता उनीहरूबीचको सम्बन्ध राम्रो नभएको र एक–अर्कासँग अलग बसेको भारतीय र पाकिस्तानी मिडियाले जनाएका छन् । 

पाकिस्तानका अलराउन्डर सोएबले आफ्नी श्रीमती मिर्जासँग सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाइसकेका छन् । सोएबले आफ्नो इन्स्टाग्रामको बायोमा परिवर्तन गरेपछि मिर्जासँगको सम्बन्ध अत्यन्तै चिसिएको खुलासा भएको हो । उनले आफ्नो बायोबाट श्रीमतीको स्टाटसबाट सानिया मिर्जाको नाम हटाएका छन् । उनले मिर्जालाई मेन्सन पनि गरेका छन् । यसबाट उनीहरू एक–अर्काबाट अलग्गिन लागेको भन्ने अनुमान गरिएको छ ।गत वर्षको वर्ष नोभेम्बरमा मिर्जा र मलिकले सम्बन्धविच्छेद गरेको खबर नआएको पनि होइन । तर, त्यसबारेमा दुवैले केही पनि प्रतिक्रिया जनाएनन् । 

त्यसवेला एउटा टेलिभिजन कार्यक्रममा सोएबले सम्बन्धविच्छेदको बारेमा केही योजना नभएको स्पष्ट पारेका थिए । तर, यस वर्षको मुस्लिम समुदायको महान् चाडका रूपमा रहेको इदमा सोएबले खिन्नता प्रकट गरेका थिए । श्रीमती र छोरासँग इद मनाउन नपाउँदा अत्यन्तै दुःखी भएको उनले जनाएका छन् । ‘मेरो चाहना श्रीमती र छोरासँगै इद मनाउने थियो, तर यो सपना पूरा भएन,’ सोएबले लेखेका छन् । 
 

ad
ad