१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेपत्ता भेडापालक कृषक चार दिनपछि भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१५:oo

ताप्लेजुङमा चार दिनदेखि बेपत्ता भएका फुङ्लिङ नगरपालिका– ११ फावाखोलाका ६४ वर्षीय पूर्णबहादुर विष्टको सकुशल उद्धार गरिएको छ ।हिमाली भेग क्षेत्र (खर्क) मा आइतबारदेखि बेपत्ता भएका भेडापालक किसान फक्ताङ्लुङ गाउँपालिकास्थित करिब पाँच हजार मिटर उचाइ रहेको भेडीखर्क तोलुङपाङ्लुङ क्षेत्रमा  विष्ट एक्कासि बेपत्ता भएका थिए।

सोही क्षेत्रमा रहेको चौँरी गोठका एक चौँरीपालक किसानले ओडारमा बसिरहेको देखिपछि विष्टलाई उद्धार गरिएको उनका भतिजा कमल विष्टले जानकारी दिए । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूले चार दिनपछि बुधबार उद्धार गरिएका विष्टले आफू कसरी र के कारणबाट ओडारमा पुगेकाे भन्ने केही थाहा नभएको बताएका छन् । निकै अप्ठ्यारो ओडारमा रहेका विष्टले उद्धार भएपछि मात्र आफ्नो होस खुलेको पनि बताएका छन् । 

यता सकुशल उद्धार गरिएका किसान विष्टको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी अहिले भेडीगोठ रहेको तोलुङपाङ्लुङ क्षेत्रमै रहेको पनि प्रनाउ लिम्बूले जानकारी दिए।  भेडीगोठमा विष्टसमेत तीनजना रहँदै आएको बताइएको छ ।

आइतबार दिउँसोदेखि एक्कासि सम्पर्कविहीन (बेपत्ता) भएका विष्टको खोजीका लागि फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको घुन्सा प्रहरीचौकीबाट प्रहरी टोली र उनका आफन्तहरू जुटेका थिए । 

ad
ad