१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली लालपुर्जा दिने र रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा दिने र गैरकानुनी रूपमा रकम संकलन गर्ने टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ।

बुटवल- ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको र रकम संकलन गरेको सूचनाका आधारमा बुधबार दिउँसो पुगेको टोलीले नक्कली लालपुर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिस्ट्रेसन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो।

टोल विकास संस्थाले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको र अवैध रूपमा नक्कली लालपुर्जा वितरण गर्ने र रकम संकलन गर्ने काम गरेकाले कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले जानकारी दिए।

टोल विकास संस्थाको क्षेत्राधिकारबाहिर गएर जग्गासम्बन्धी काम गरेको पाइएकाले कागजपत्र बरामद गरी यस्ता कार्य नगर्न टोल विकास संस्थालाई निर्देशन दिइएको उनले बताए। टोल विकास संस्थाले लालपुर्जा नवीकरणका  नाममा एक हजार र अन्य शुल्कहरू लिँदै आएको गुनासाका आधारमा कारबाही थालिएको भुर्तेलले बताए।

उनले जग्गासम्बन्धी काममा कुनै पनि नाममा टोल विकास संस्थाहरूलाई रकम उपलब्ध नगराउन पनि टोलवासीहरूलाई आग्रहसमेत गरेका छन्। बुटवलमा तिनाउ नदी किनार क्षेत्रका सुकुमबासी बस्तीमा टोल विकासका नाममा खुलेका संस्थाहरूकाे बेथिति बढ्दो रहेको अवस्थामा उपमहानगरपालिकाले कारबाही थालेको हो।