१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मध्यबर्खापछि मनसुन पूर्वतयारी योजना स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:४४:oo

सुदूरपश्चिम प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बल्ल स्वीकृत भएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश विपत् व्यवस्थापन परिषद्को बुधबारको बैठकले योजना स्वीकृत गरेको हो । विपत्को पूर्वतयारी प्रदेश सरकारको प्राथमिकतामा नपर्दा प्रदेशमा ढिलो गरी प्रतिकार्य योजना ल्याइएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदीप बेस्राले विपत् आउनुअघि के–के पूर्वतयारी अपनाउने, विपत् आएका वेला र विपतपछि कुन निकायको भूमिका के हुनेजस्ता विषय योजनामा समावेश गरिएको जानकारी दिए ।उनले विभिन्न कारणले प्रतिकार्य योजना ल्याउन ढिलो भएको उनले बताए ।

राष्ट्रिय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाले वर्षाजन्य विपतबाट यो बर्खायाममा सुदूरपश्चिमभरि ३३ हजार ६ सय घरधुरीका करिब लाख ४७ हजार मानिस प्रभावित हुने अनुमान गरेको छ । बाढीबाट कैलाली र कञ्चनपुरमा मात्रै एक लाखभन्दा बढी मानिस प्रभावित हुनसक्ने अनुमान छ । बाढीबाट कञ्चनपुरमा करिब ५४ हजार आठ सय र कैलालीमा ४६ हजार सात सय व्यक्ति प्रभावित हुने अनुमान गरिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

बाढी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, उद्धारका सामग्रीसहित सुरक्षा निकायलाई तयारी अवस्थामा राख्नेजस्ता विपत् जोखिम न्यूनीकरणका तयारी प्रभावकारी बनाउनेबारे बैठकमा छलफल भएको थियो ।

ad
ad