मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८o श्रावण १७ बुधबार १९:४६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला विश्वकपको समूह चरणबाटै बाहिरियो ब्राजिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १९:४६:oo

उपाधि दाबेदार मानिएको ब्राजिल फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा जमैकासँग अप्रत्यासित रूपमा बराबरीमा रोकिएपछि ब्राजिलको विश्वकप यात्रा टुंगिएको हो। 

अस्ट्रेलियाको मेलबर्न स्टेडियममा भएको समूह चरणको अन्तिम खेलमा ब्राजिललाई स्पष्ट जितको आवश्यकता थियो। तर, बराबरीले ब्राजिललाई घर पठाउँदा जमैकालाई भने नकआउट चरणमा पुर्‍यायो। जमैका पहिलोपटक महिला विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो। 

बराबरीपछि जमैकाले तीन खेलबाट पाँच अंक हासिल गर्यो भने ब्राजिल एक जित, एक बराबरी र एक हारका कारण चार अंक मात्र बनाउन सक्यो। समूह ‘एफ’बाट फ्रान्स सात अंकसहित पहिलो स्थानमा रहँदै नकआउटमा पुगिसकेको छ।