
बर्दियाको भुरीगाउँ ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाको आयोजनामा नवौं बृहत् एवं बर्दिया जिल्लास्तरीय प्रथम महिला विशेष रक्तदान सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १७५औँपटक रक्तदान गरेका थिए। ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले कार्यक्रममा कर्माचार्यलाई सम्मान–पत्र प्रदान गरे।
नगर उपप्रमुख बिनाकुमारी भट्टराईले कार्यक्रममा महिला तथा पुरूष गरी दुई सय सातजनाले रक्तदान गरेको जानकारी दिइन्।