१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण १७ बुधबार १३:१६:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

आर्सेन टम्स्कीको पुस्तक ‘इनड्राइभर : फ्रम साइबेरिया टु सिलिकन भ्याली’ नेपालीमा पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण १७ बुधबार १३:१६:००

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउन्डर) तथा सिइओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभर : फ्रम साइबेरिया टु सिलिकन भ्याली’को अनुवादित संस्करण जारी गरेका छन्।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुस्तकको  नेपाली भाषामा पहिलो संस्करण लोकार्पण गरिएको हो । यो पुस्तक अब अंग्रेजी, स्पेनिस, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको छ।

विमोचन कार्यक्रममा बोल्दै इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आर्सेन टम्स्कीले भने, ‘पाठकहरूसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु। इनड्राइभको जग र विकास मेरा लागि व्यावसायिक प्रयास मात्र होइन, एउटा गहिरो व्यक्तिगत र भावनात्मक यात्रा पनि हो, जसले मेरो जीवनलाई आकार दिएको छ। र, यसको विकासबारे लेख्नु परिवर्तनकारी भएको छ।’

पुस्तकले आर्सेनको जीवनकथालाई अनावरण गरेको छ। साइबेरियामा जीवनको कठोर वास्तविकताहरू नेभिगेट गर्नेदेखि लिएर दृढआत्मविश्वासका साथ प्राविधिक उद्यमशीलताको क्षेत्रहरूमा प्रवेश गर्ने विषयहरू समावेश छन्। कथाले उतारचढाव, जोखिम र पुरस्कारका साथै आर्सेनको यात्रालाई आकार दिने निर्णायक क्षणहरूलाई कैद गरेको छ। 

प्रविधि आविष्कारको केन्द्रविन्दु, अवसर दुर्लभ देखिने याकुतियामा भएको विनम्र सुरुवातदेखि सिलिकन भ्यालीसम्म आर्सेनको जीवनकथा एउटा लगनशीलता, सामूहिक भावनायुक्त कार्य र नवप्रवर्तनको शक्तिका लागि प्रेरणादायी प्रमाण हो।

आर्सेन टम्स्की याकुटियाका एक टेक उद्यमी हुन्, जसले इनड्राइभको स्थापना गरे। आर्सेनको यात्रा एक सफ्टवेयर इन्जिनियरको रूपमा सुरु भयो र बिस्तारै उद्यमशीलतामा सरेका थिए। पूर्वी साइबेरियाको दुर्गम सहरको कठिन परिस्थितिमा काम गर्दै उनले आफ्नै व्यवसाय विकास विधि र विचारधाराको विकास गरे।