१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १२:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न सांसद पौडेलको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:५४:oo

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले सामाखुसी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षति हुने गरेको भन्दै सरोकारवालाहरूको ध्यानाकर्षण गराए।

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुसी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए। ढलको उचित व्यवस्थापन गरेर विष्णुमतीमा पानी पुर्‍याए सामाखुसी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सकिने उनको भनाइ थियो।

जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरी पानी विष्णुमतीमा पुर्‍याउने काम भइरहे पनि असारपछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराए पनि त्यसतर्फ ध्यान नपुगेकोमा उनले गुनासो गरे। बाटो नै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिँड्दाहिँड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसद पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तीव्रता दिन सरोकारवालाको ध्यानाकर्षण गराए।

चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दे पौडेलले तत्काल सडकमा राखिएका ढल व्यवस्थापन गर्न माग गरे। ‘खाल्डो खनेर ह्युमपाइप ढल बग्ने गरी अस्थायी रूपमा राख्ने व्यवस्था तत्काल गरियोस्,’ पौडेलले भने, ‘बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् । म यही अनुरोध गर्न चाहन्छु।’

ad
ad