१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० श्रावण १५ सोमबार ११:४१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

धूम्रपान त्याग्न यी खानेकुरा खाऔँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० श्रावण १५ सोमबार ११:४१:००

‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । धूम्रपानका कारण मुटुमा समस्या र क्यान्सरजस्ता रोग लाग्न सक्छन् । तर, यो कुरा थाहा हुँदाहुँदै पनि अधिकांश मानिस धूम्रपान गर्छन् । धूम्रपान धेरै गरे यो क्रमशः कुलतका रूपमा विकसित हुन्छ । यसको कुलतबाट छुटकारा पाउन गाह्रै भए पनि असम्भव भने छैन । केही यस्ता खानेकुरा छन्, जसले धूम्रपानबाट छुटकारा पाउन मद्दत गर्छन् :

अदुवा :  अदुवाले धूम्रपानको लत हटाउन प्रभावकारी भूमिका खेल्छ । यसका लागि एक टुक्रा अदुवा पिँधेर पानीमा राख्ने, त्यसमा एक चम्चा पानी मिसाउने । अनि, नियमित सेवन गरेमा धूम्रपानलाई बिस्तारै बिर्सन सकिन्छ । 

दूध : दूध स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । दैनिक एक गिलास दूध पिउने हो भने चुरोट पिउन मनै लाग्दैन ।

काजु र बदाम :  चुरोट पिउनु भनेको मुखलाई व्यस्त राख्नु हो । काजु वा बदाम मुखमा राखेर बस्दासमेत मुख व्यस्त हुन्छ । क्रमिक रूपमा चुरोटको लतबाट बच्न सकिन्छ । साथै, यी दुई चिज खाएमा निकोटिनले पार्ने असरसमेत कम गर्न मद्दत गर्छ ।

गोलभेँडा :  गोलभेँडाको दैनिक सेवन गर्ने हो भने यसको सुगन्धले चुरोटको गन्धलाई कम गर्दै लान्छ । गोलभेँडा र सुर्ती एउटै प्रजातिका बोटबिरुवा हुन् । त्यसैले, गोलभेँडाले निकोटिनको असरलाई छिटै प्रभावित बनाउँछ । गोलभेँडाको जुस सेवन गर्नु झनै फाइदाजनक हुन्छ । 

काँक्रो, गाँजर, ब्रोकाउली, ज्वानो आदिजस्ता काँचै चपाएर खान मिल्ने तरकारी तथा फलफूल नियमित सेवन गरेमा सुर्तीजन्य पदार्थबाट छुटकारा मिल्छ । यस्ता मौसमी फलफूल र ताजा तरकारी सधैँ खाएमा चुरोट बिस्तारै बेस्वादे लाग्न थाल्छ ।