१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ब्राउन सुगरसहित एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:४६:oo

सिराहा प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई लहानबाट पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका २२ लबटोलीका करिब २९ वर्षीय दिनेश यादवलाई शुक्रबार उनकै घरबाट तीन ग्राम छ सय मिलिग्राम खैरो ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

घरमै बसेर ब्राउन सुगर बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले यादवलाई उनकैै घरमा नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा पाइन्टको अगाडिपट्टिको गोजीमा सूर्य चुरोटको बट्टाभित्र कालो प्लास्टिकमा दुई पोका ब्राउन सुगर बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

उनका अनुसार यादवको साथबाट ब्राउन सुगरसहित २१ हजार आठ सय २० रुपैयाँ नगद र एक थान मोबाइल बरामद भएकाले यादवलाई लहान प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको छ। 

बढ्दो लागुऔषध मुद्दा
सिराहा प्रहरीका अनुसार जिल्लामा हरेक वर्ष लागुऔषधसम्बन्धी मुद्दाको संख्या बढिरहेको छ। पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न प्रहरी युनिटहरूमार्फत लागुऔषधसहित पक्राउ गरी पाँच सय एक लागुऔषधसम्बन्धी मुद्दा चलाइएको छ।

आर्थिक वर्ष ०७७/७८ मा एक सय ५९, ०७८/७९ मा एक सय ६९ र ०७९/८० मा एक सय ७३ वटा लागुऔषधसम्बन्धी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयको मुद्दासम्बन्धी तथ्यांकमा उल्लेख छ। तथ्यांकअनुसार तीन आ.व.मा चार सय ७३ वटा मुद्दा फर्छ्योट भई २८ वटा बाँकी रहेको छ। 

 

ad
ad