१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विधान संशोधन गरेर मर्यादाक्रम र भूमिका बढाउन कांग्रेस महानगर समितिकाे माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १७:४५:oo

कांग्रेस महानगर समिति भेलाले विधान संशोधन गरी मर्यादाक्रम र भूमिका बढाउन माग गरेको छ। काठमाडौं जारी भेलाबाट ६ वटै महानगरले संयुक्त माग गरेका हुन्। भेलामा पाँच एजेन्डामाथि छलफल भइरहेको छ। 

भेलामा महानगर सभापति र पदाधिकारीको मर्यादाक्रम, महानगरबाट पदेन महाधिवेशन प्रतिनिधि–महासमिति सदस्य बनाउनुपर्ने, महानगरअन्तर्गतका वडामा टिकट वितरणमा भूमिका दिनुपर्ने, महानगर समितिको दायित्व र अधिकार स्पष्ट हुनुपर्ने र समसामयिक विषयमा छलफल भइरहेको छ।

कांग्रेसका ६ वटा महानगर कार्यसमिति महानगर समितिको भूमिकालाई कम आकिएको भन्दै असन्तुष्ट बनेका हुन्। 

असन्तुष्ट महानगर कार्यसमितिको आज भेला बसेर सामूहिक धारणा तय गर्न लागेका हुन्। भेलाको निष्कर्ष शनिबार नेतृत्वलाई बुझाउने तयारी छ। १४औँ महाधिवेशनपछि पहिलोपटक ६ महानगरका प्रतिनिधि भेला भएका हुन्। 
 

ad
ad