मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
संजित परियार काठमाडौं
२०८० श्रावण १२ शुक्रबार १५:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

‘हाम्रो संस्कृतिमाथि विदेशी हस्तक्षेप बन्द गर’

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०८० श्रावण १२ शुक्रबार १५:३०:००

अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियमको सहभागितामा काठमाडौंको इतुंबहाः मा संग्रहालय खोल्न लागेपछि सम्पदा अभियानकर्मी र स्थानीयले विरोध गरेका छन्।

‘नेपालको पहिलो विहार संग्रहालय’ भनेर खोल्न लागेको यो संग्रहालयलाई नेपाली विहारमाथिको विदेशी हस्तक्षेप मान्दै उनीहरूले विरोध गरेका हुन्।

इन्द्रचोकमा ब्यानर बोकेर उनीहरूले रुबिन म्युजियमकाे विरोध गरेका छन्। ११औँ शताब्दीतिर स्थापित इतुंबहाः काठमाडौं उपत्यकामा रहेका १८ महायान बौद्ध महाविहारमध्ये सबैभन्दा पुरानो र महत्वपूर्ण विहार हो।