१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मिटरब्याजमा तीन करोड ठगी गरेका रंगेलीका सुनचाँदी पसले सोनी परिवारसहित फरार

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:३o:oo

विनाधितो सुनचाँदी पसल दर्ता र अनुगमन अभावमा खुलेआम मिटरब्याज कारोबार 

साहुकार पवनकुमार सोनी

सुनचाँदी पसलको आडमा खुलेआम मिटरब्याजको कारोबार गर्दै आएका मोरङ रंगेलीका एक साहुकार परिवारसहित फरार भएका छन् । वर्षौँदेखि रंगेली नगरपालिका– ७ स्थित रंगेली बजारमा ओमशान्ति नामक सुनपसल सञ्चालन गरेर मिटरब्याजको कारोबार गर्दै आएका व्यापारी पवनकुमार सोनी परिवारसहित सम्पर्कविहीन भएपछि दर्जनौँ पीडित प्रहरी गुहार्न पुगेका छन् ।

स्थानीय र प्रहरीका अनुसार शनिबारदेखि परिवारसहित गायब भएका सोनी हालसम्म कसैको सम्पर्कमा आएका छैनन् । आइतबार बिहान पसलमा काम गर्ने कालीगढ काम गर्न जाँदा पसल बन्द भएको पाइएपछि सोनीको खोजी सुरु भएको थियो । आफन्तहरूले पनि उनको बारेमा केही थाहा नभएको बताएपछि उनी भारत भागेको स्थानीय र प्रहरीले शंका गरेका छन् ।

सोनीले सर्वसाधारणसँग सुनचाँदी धितो राखेर चर्को ब्याजमा ऋण दिने गरेका थिए । उनले धेरै ब्याज दिने भन्दै नगद पनि संकलन गर्दै आएका थिए । तर, शनिबार साँझदेखि सोनी श्रीमती र दुई छोरासहित बेपत्ता भएपछि उनीसँग कारोबार गर्दै आएका समस्यामा परेका छन् । इलाका प्रहरी रंगेलीका अनुसार सोनीविरुद्ध हालसम्म चार दर्जनभन्दा बढीले उजुरी दर्ता गराएका छन् । उजुरी आउनेक्रम अझै जारी छ ।

सोनीले सर्वसाधारणबाट करिब तीन करोड ठगी गरेको उजुरी संकलन भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार फरार भएका सोनीबाट ठगिएको भन्दै उजुरी दर्ता गराउनेको इप्रका रंगेलीमा भिड नै लागेको छ । रंगेली बजारमा सोनीको घरजग्गा छ । ‘अहिले उजुरी संकलनकै क्रममा छौँ । सरकारी वकिलसँग पनि कानुनी परामर्श लिँदै छौँ । केही दिनभित्रै कुन कुन कसुरमा मुद्दा दर्ता गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्नेछौँ,’ दाहालले भने । सोनी खानदानी सुन व्यापारी हुन । उनका दाजुहरूको पनि रंगेली र अन्य बजारमा सुनचाँदी पसल छ । सोनीले सर्वसाधारणलाई सुनचाँदी धितो राखेर चर्को ब्याजमा ऋण दिने गर्दथे । उनले ऋणीहरूको साँवाब्याजको लेनदेनको हिसाब कसैलाई कागजको चिर्कटोमा त कसैलाई पसलको बिलमा लेखेर दिने गरेका थिए । ऋण चुक्ता गरिसकेकालाई बाउन्स चेक दिएर झुलाउने गरेका थिए । 

दश वर्षअघि अवैध रूपमा सुनचाँदी धितो राखी ब्याजको कारोबार गर्दै आएका रंगेलीका एक सुनचाँदी व्यवसायीको ८० केजी चाँदी प्रहरीले बरामद गरेको थियो । रंगेलीका अजय अग्रवालले लुकाएर राखेको सुनचाँदीको बाकस लिएर भाग्नेक्रममा प्रहरीले चाँदी आइतबार साँझ बरामद गरेको थियो । अजय अग्रवाल र उनको परिवारले कतै पनि वैधानिक पसल दर्ता नगरी चर्को ब्याज लिएर खेतीपाती गर्नेलाई सुनचाँदी धितो राखेर ब्याजमा ऋण दिँदै आएका थिए । 

प्रहरीका अनुसार घरेलु कार्यालयमा विनाधितो दर्ता भएर पालिकामा सूचीकृत भई सञ्चालन हँुदै आएका सुनचाँदी पसलहरूले सर्वसाधारणलाई ऋण दिने बहानामा सुनचाँदी धितो राख्ने गरेका छन् । केहीले अवैध रूपमा बचत पनि संकलन गर्ने गरेका छन् । मोरङको रंगेली मात्र नभएर विराटनगर, बुढीगंगा, पथरी, उर्लाबारी, बेलबारीलगायत विभिन्न सहर बजारमा सुनचाँदी पसल सञ्चालन गर्ने साहुकार सर्वसाधारणको करोडौँ ठगेर भाग्ने गरेका छन् ।
 

ad
ad