१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संघमा दुईवटा सदन काम छैन, राष्ट्रिय सभा खारेज गरौँ : राजेन्द्र लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताएका छन्।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरूलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा भेट गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दु राष्ट्र हटाइएको र अन्तिम खम्बाको रूपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको लिङ्देनकाे दाबी छ। ‘खर्च कटौतीको नाममा सेनाको संख्या घटाउनुपर्ने, कसैले सेनाबिनाको राज्य बनाउने मोडल प्रस्ताव गरिरहेको छ। यो दुर्भाग्यको कुरा हो,’ उनले भने।

प्रतिनिधिसभा भइसकेपछि राष्ट्रिय सभाको औचित्य नभएको भन्दै लिङ्देनले प्रदेश संरचनाको कुनै काम नरहेको जिकिर गरे।

‘नेपालजस्तो सानो देशमा वडा सदस्यदेखि राष्ट्रपतिसम्मलाई जनताले कर तिरेर ऋण काढेर तलब भत्ता खुवाउनुपर्ने परिस्थिति छ। यो जनप्रतिनिधिहरूको संख्या कटौती गर्नुपर्छ,’ उनले भने, ‘अनावश्यक तहजस्तो प्रदेश कुनै काम नै छैन, प्रतिनिधिसभा र राष्ट्रिय सभा दुईवटा काम नै छैन, कुनै औचित्य छैन। राष्ट्रिय सभा खारेज गर्ने, प्रतिनिधिसभा सदस्य घटाउनुपर्छ।’