१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:o९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीस्थित बैंक लुटपाटमा संलग्न एक भारतीय पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

प्रहरीले गत जेठ १६ गते महोत्तरी गाउँपालिका– २ स्थित एनएमबी बैंकमा हतियार देखाई लुटपाट गर्ने समूहका एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भारत बिहार राज्य जिल्ला मधुवनी पोस्ट फुलहर गाँव गोपालपुर १३ हरलाखी टोल बस्ने २० वर्षीय अजय कुमारलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान मटिहानी नगरपालिका– ८ बाट पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको हो। लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको र उनीहरूको खोजबिन जारी रहेको प्रहरीले जनाएको छ। तथापि, प्रहरीले अनुसन्धान गोपनीयताको कारण भने उनीहरूको पहिचान अहिले खोल्न नमिल्ने बताएको छ।

गत जेठ १६ गते मंगलबार अपराह्न मास्क लगाएका चार लुटेराले पेस्तोल देखाएर बैंकबाट १५ लाख एक हजार चार सय ९३ रुपैयाँ लुटेका थिए। नम्बर नभएको दुई मोटरसाइकलमा आएका उनीहरू बैंक लुटेर सोही मोटरसाइकलमा दुई दिशातर्फ भागेका थिए। सिसिटिभी क्यामेराको रेन्जमा नरहेको, तर उनीहरूसँग मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा देखिएका थप एकजना गरी पाँचजनाको प्रहरीले खोजी गर्दै आएको थियो।

घटनाको लामो समय हुँदासमेत आरोपीहरू पक्राउ पर्न नसकेको आरोप खेप्दै आएको प्रहरीले अपराध ज्यादै पेचिलो भएको र आरोपीहरू नेपालबाहेकका मुलुकका समेत भएको तथा उनीहरू प्रायः भारतमै लुकेर बस्ने गरेकाले समय लागेको प्रतिक्रिया दिएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले उक्त घटनामा ह्युमन इन्टेलिजेन्स, टेक्नो इन्टेलिजेन्स,  क्राइम प्याटर्न एनालाइसिस गरिएको बताउँदै घटनाको अति सूक्ष्म अनुसन्धान गर्दै जाँदा दोषीहरूको पहिचान खुलेको बताए। 

प्रहरीले नेपालमा एक आरोपीलाई पक्राउ गरी सार्वजनिक गरिरहँदा केही दिनअघि मात्र भारतको मधुवनी जिल्लामै भारतीय प्रहरीले हतियार र गोलीसहित पक्राउ गरेको एक भारतीय नागरिक महोत्तरीको बैंक लुटपाटमा समेत सामेल रहेको बताइएको छ। भारतीय प्रहरीले पक्राउ गरेका व्यक्तिसमेत यसै मुद्दाका आरोपी रहे–नरहेकोबारे महोत्तरी प्रहरीले केही सार्वजनिक नगरे पनि भारतीय मिडियाहरूले उनीसमेत यस घटनामा संलग्न रहेको दाबी गरेका छन्।

घटनाको अनुसन्धानमा महोत्तरी प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरिरहेको छ।