१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण १० बुधबार २०:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दार्जिलिङबाट सांगीतिक कन्सर्ट सुरु गर्दै गायिका अंकिता पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण १० बुधबार २०:१४:००

गायिका अंकिता पुनको एल्बम सार्वजनिक भएको छ। ‘माइली’ एल्बम सार्वजनिकसँगै भारतको दार्जिलिङ र सिक्किमबाट अगस्टको दोस्रो सातादेखि सांगीतिक भ्रमण सुरु हुने आयोजक पूर्वाञ्चल रक्सले जनाएको छ। 

राजधानीमा एक कार्यक्रम गरी नेपालका काठमाडौं, पोखरा, बुटवल, दाङ, इटहरी, बिर्तामोडलगायत प्रमुख सात सहरहरूमा गायिका पुनले आफ्नो संगीत प्रस्तुत गर्ने जानकारी दिइयो। 

सांगीतिक भ्रमणका व्यवस्थापक सुसन राईले नेपाल भ्रमण सकिएपछि विदेश भ्रमणको तयारी सुरु हुने बताए। उनले हालसम्म अस्ट्रेलियाका केही सहरमा सांगीतिक भ्रमण तय भइसकेको बताए।  

गायिका अंकिताले यसअघिका गीतजस्तै यी गीतमा पनि आफ्नै तितामिठा अनुभूति समेटिएको बताइन्। ‘यसअघिका सबै गीतहरूजस्तै मेरा नयाँ गीतमा पनि आफ्नै तितामिठा अनुभूति समेटिएका छन्। ती गीतहरू मेरो ‘इमोसनल जर्नी’का उपज हुन्,’ उनले भनिन्।     

‘माइली’ एल्बममा माइली, चार दिन चार जुनी, सखी, ऐना म, आधार, सिजेन्रो र माया त यस्तै हो बोलका गीत समावेश छन्। सातमध्ये माइली, चार दिन चार जुनी र सखी गीतका तीनवटा गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भइसकेका छन्।

एल्बमका बाँकी चार गीतहरूको म्युजिक भिडियो आगामी शुक्रबारदेखि सार्वजनिक हुने पूर्वाञ्चल रक्सका संस्थापक रोहन लिम्बूले जानकारी दिए।

संगीतलाई भावनात्मक यात्राका रूपमा लिने गायिका पुनको सांगीतिक कन्सर्टलाई ‘रकिङ फिलिली’ ब्यान्डका सदस्यले साथ दिनेछन्। 

सांगीतिक भ्रमणमा गायिका पुनसँगै रकिङ फिलिलीका गिटारिस्ट सुमन प्रधान, सुशनजंग कार्की, इक्साहाङ सुब्बासँगै ड्रमर हेनरी राई, किबोर्डिस्ट अजय धिमालको साथ रहने आर्टिस्ट मेनेजर लोकबहादुर पुनले जानकारी दिए। 

इभेन्टको साउन्ड व्यवस्थापनको जिम्मेवारी विशाल नेपालीले गर्नेछन्। ‘रकिङ फिलिली’ले आफ्ना ओरिजिनल गीतहरू पनि स्रोतालाई सुनाउँदै भ्रमण गर्ने बताइएको छ।