मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Friday, 14 August, 2026
२o८o श्रावण १० बुधबार १६:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी रक्षामन्त्रीको टोलीलाई प्योङयाङमा भव्य स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार १६:२२:oo

रुसका रक्षामन्त्री सर्गेई शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई प्योङयाङमा भव्य स्वागत गरिएको छ। कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउने सिलसिलामा रुसी टोली उत्तर कोरियाको भ्रमणमा गएको हो। 

रुसी प्रतिनिधिमण्डल प्योङयाङ विमानस्थलमा अवतरण गर्दा रुसी राष्ट्रिय गीत बारम्बार बजाएर स्वागत गरिएको थियो भने विमानस्थल वरपरका सडकमा रुसी झन्डा फहराइएका थिए। 

रक्षामन्त्री काङ सुन नामले आफ्ना रुसी समकक्षी शोइगुलाई विमानस्थलमा स्वागत गरेका थिए। उत्तर कोरियाली झन्डा र रुसी झन्डा सडकका दुवै किनारमा राखिएका उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन्। 

युद्धविरामको वार्षिकोत्सवका अवसरमा बिहीबार प्योङयाङमा विशाल सैन्य परेड हुँदै छ। चिनियाँ कूटनीतिज्ञ एवं सैनिकको टोली पनि रुसी अधिकारीहरूका साथ परेडमा उपस्थित हुने उत्तर कोरियाली समाचार समितिले जनाएको छ। 

प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रूपमा मनाउन सैन्य परेडलगायत कार्यक्रम आयोजना गर्न लागेको हो। 

कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुन नसकेका उच्चस्तरीय भ्रमण एवं आदानप्रदान अब सुरु भएका छन्। विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो।