१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

पूर्वी नाकाबाट ६ अर्बको तरकारी र फलफूल आयात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:१७:oo

पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा रु ६ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ। 

काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष ०७९/८० मा पूर्वी नाकबाट रु तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्यबराबरको तरकारी र रु दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्यबराबरको फलफूल आयात भएको हो।

कार्यालयको तथ्यांकअनुसार आव ०७९/८० मा पूर्वी नाका हुँदै रु ८० करोड ९९ लाख ८४ हजार मूल्यबराबरको २५ हजार तीन सय १२ मेट्रिक टन प्याज, रु ६० करोड ८१ लाख ६० हजार मूल्यबराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र रु ३१ करोड ९८ लाख आठ हजार मूल्यबराबरको १९ हजार ९८८ मेट्रिक टन करेला भारतबाट आयात भएको छ।

प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन्। यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट रु ६८ करोड ५८ लाख मूल्यबराबरको छ सय ७१ मेट्रिक टन स्याउ र रु ६२ करोड १२ लाख ४० हजार मूल्यबराबरको १५ हजार पाँच सय ३१ मेट्रिक टन भुइँकटहर नेपालले आयात गरेको छ।

भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भुइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन्। कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट रु ३७ करोड चार लाख ६४ हजार मूल्यबराबरको सात हजार सात सय १८ मेट्रिक टन सुन्तला र रु १९ करोड ५६ लाख २४ हजार मूल्यबराबरको पाँच सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो।

एक वर्षमा पूर्वी नाकाबाट रु १९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिकटन अंगुर र रु २६ करोड ५२ लाख ४८ हजार मूल्यबराबरको दुई हजार सात सय ६३ मेट्रिक टन अनार आयात भएको थियो। पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन। रासस

ad
ad