१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च तहका नेताहरूको सम्पत्ति छानबिन हुनैपर्छ : उपसभापति गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३२:oo

नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक कांग्रेसीहरूले राजनीतिक दलका उच्च तहका नेताहरूको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताए। उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गरी रूपान्तरणको अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ।

‘धनराज गुरुङ यदि फरक कांग्रेस हो, शेखर कोइराला यदि फरक कांग्रेस हो भने हामीले पहिला हाम्रो सम्पत्ति छानबिन गरेर देखाउ सरकार भन्न सक्नुपर्छ । छानबिन समिति आयोग गठन गर भन्नुपर्छ । म आफैँ सरकारमा छु । म भन्दै छु,’ उनले भने।

उपसभापति गुरुङले रुपान्तरणको नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै १५औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने बताए। उनले भने, ‘विषयबाट गर्ने होला नि त रूपान्तरण । सिद्धान्तबाट गर्ने होला नि त रूपान्तरण, इस्युबाट होला नि त। रूपान्तरण व्यक्तिको अनुहारबाट खोज्ने होइन।’