१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:२८:oo

नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी)ले ‘दोहोरी आइडल’का उत्कृष्ट ४२ प्रतियोगी सार्वजनिक गरेको छ । ‘दोहोरी आइडल’ नेपालको पहिलो नेपाली, मैथिली, पहाडी, भोजपुरी, तामाङ र नेवारी भाषामा प्रस्तुति दिने बहुभाषिक रियालिटी सो हो । 

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै आइडलका उत्कृष्ट ४२ लाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएका छन् । प्रमाणपत्र वितरण कार्यक्रममा डिएआर मुभिजका प्रबन्ध निर्देशक श्याम धिताल, लोकगायक प्रेमराजा महत, लोकगायिका लक्ष्मी न्यौपाने, लोकगायिका राधिका हमाल, लोकगायक चन्द्र शर्मालगायतका कलाकारको उपस्थिति रहेको जनाइएको छ । 

नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी सो ‘दोहोरी आइडल’ हुने आयोजकको भनाइ छ । ४२ कलाकारहरूबीच हुने प्रतिस्पर्धाका विजेताले नगद १० लाख र कार प्राप्त गर्ने उल्लेख छ । उपविजेताले नगद तीन लाख र मोटरबाइक प्राप्त गर्ने जनाइएको छ । डिएआर मुभिजको फम्र्याटमा बनेको कार्यक्रमको निर्देशकमा प्रभावन रहेको जनाइएको छ । 

ad
ad